डोटी ३ चैत/डोटीमा परेको असिनापानीले अन्नबालीमा क्षतिगरेको छ । जिल्लाको बडीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार परेको असिनापानीले हिउँदे बालीनालीमा ठूलो क्षति पु¥याएको हो। लामो समयदेखि खडेरी परेको र एक्कासी परेको असिनाले गहुँबाली, तरकारी तथा फलफूलखेतीमा क्षति पु¥याएपछि किसानहरू चिन्तीत बनेका छन्।
हिउँदमा पानी नपरेर खडेरीका कारण खासै हुर्कन नपाएको बालीनाली असिनाले सखाप पारेपछि किसानलाई भोकमरी हुने चिन्ता छाएको बडीकेदार गाउँपालिका २ खड्यौलीका मिन शाहाले बताउनु भयो । यो वर्ष समयमै पानी नपर्दा खाद्यान्नको भाउसमेत आकाशिएको र गरिब परिवारलाई भोकमरी टार्न निकै समस्या हुने स्थानीयवासीको भनाई छ।
फुलेका सुन्तला , आँपका फुल सहित पात समेत झार्ने गरी परेको असिनाले किसानहरूलाई ठुलो नोक्सानी पु¥याएको बडीकेदार गाउँपालिकाका भैरव ब बताउनु भयो । क्षतिको विवरण आई नसकेकाले लगत सङ्कलन भइरहेको उहाँले बताउनुभयो । हिउँदमा पानी नपरेर खडेरीका कारण खासै हुर्कन नपाएको बालीनाली असिनाले क्षति पुर्याएको हो ।
बडीकेदार गाउँपालिका को खड्यौली , टिमुट, चिन्ने , अत्रकाँडा , बाग्छेडा , काउलेबजार लगाथतका स्थानमा असिना पानिले क्षतिगरेको प्रहरी चौकि खड्यौलीका प्रमुख भास्कर पन्तले बताउनु भयो । जिल्ला कृषि ज्ञान केन्द्र सिलगढीले यो वर्ष हिउँदे वर्षा नहुँदा कृषि क्षेत्रमा निकै ठूलो प्रभाव परेको बताएको छ ।
(फोटो फिचर)




