धनगढी २ चैत/कैलाली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक खड्ग बहादुर पछेराको मृत्यु भएको छ। ४७ वर्षीय पछेराको आज मृत्यु भएको हो।
मृत्युको कारण भने खुल्न सकेको छैन्।
प्रहरीकाअनुसार पछेरालाई बिहीबार बिहान ११ बजे विषादी पदार्थ सेवन गरेको अवस्थामा अस्पताल पुगाइएको थियो । उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको डीएसपी चन्दले बताए । पछेराको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने अस्पतालले जनाएको छ