धनगढी, २ चैत/सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । पछिल्ला दिनहरुमा कोरोना भाइरसको सङ्क्रमण दर बढ्न थालेको छ ।,केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएके छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार ले पछिल्लो २४ घन्टामा छ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । यो तथ्याङ्कमा केही दिन अघिका कोरोना सङ्क्रमितको सङ्ख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घन्टमा ३ सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा छ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनका अनुसार कोरोनाको सङ्क्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ । रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरस विरुद्धको बुस्टर डोज ९खोपको मात्रा० स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको जानकारी दिए ।