• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्ववियू सर्वसम्मत

दार्चुला २ फागुन/दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्ववियू सर्वसम्मत गठन गरिएको छ । बुधवार मनोनयन दर्ताको दिन तीन विद्यार्थी संगठनको समझदारीमा स्ववियू सर्वसम्मत गठन गरिएको हो । गोकुलेश्वर बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन ९क्रान्तिकारी० को नेतृत्वमा स्ववियु गठन गरिएको निर्वाचन अधिकृत धन सिंह विष्टले जानकारी दिए ।

उक्त क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीका नविन विष्ट, सचिवमा अनेरास्ववियुका ज्ञानेन्द्र गोयला, कोषाध्यक्षमा नेविसंघका जगदीश विष्ट चयन भएका छन् । यस्तै सदस्यमा नेविसंघका गोबिन्द सिंह डाँगा, अनेरास्ववियु क्रान्तिकारीका हसिला चन्द, अनेरास्ववियुका रुद्र सिंह विष्ट, केशव दत्त जोशी, मनिसा साउँद र लक्ष्मी जोशी सर्वसम्मत चयन भएका छन् । निर्वाचन अधिकृत विष्टका अनुसार समानुपातिक समेटिएपछि घोषणा गरिनेछ ।

दार्चुलामा सुदूरपश्चिम विश्वविद्यालयका २ आंगिक क्याम्पस रहेका छन् भने त्रिभुवन विश्वविद्यालयका ५ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको दार्चुला बहुमुखी क्याम्पसमा पनि बुधवार विद्यार्थी संगठन र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । स्ववियू अध्यक्षमा स्वतन्त्र उम्मेदवार अनिल चन्द्र जोशीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले संयुक्त रुपमा प्लानल खडा गरी चुनाव लड्दैछन् । निर्वाचन अधिकृत धाना धामीका अनुसार अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको तर्फबाट अध्यक्षमा कृष्ण धामी, नेविसंघको तर्फबाट भान बहादुर पालको उम्मेदवारी दर्ता भएको छ ।

अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीका तर्फबाट सचिवमा धनसिंह धामी, कोषाध्यक्षमा मनिसा डडाल, सदस्यमा दिपु सिंह महता, सुनिता धामी, हेमा ठगुन्ना, सुनिल कार्की, कामला कार्की, बसन्ती धामी उम्मेदवार छन् । यस्तै नेविसंघको तर्फबाट सचिवमा जवन सिंह डडाल, कोषाध्यक्षमा विजया जोशी, सदस्यहरुमा भीम सिंह ऐरी, पुष्पा महता, दिपक राज भट्ट, रेखा पार्की, राजेन्द्र बोहरा, रोशन सिंह मन्यालले उम्मेदवारी दिएका छन् ।

अपीनाम्पा क्याम्पसमा निर्वाचन स्थगितव्याँस गाउँपालिका–६ स्थितको अपीनाम्पा क्याम्पस हुतीमा स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पस प्रशासनले प्राविधिक समस्याको कारण देखाउँदै तोकिएको समयमा निर्वाचन गर्न नसकिने जनाएको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको उक्त क्याम्पसमा फागुन २७ गतेको मनोनयन पछि क्याम्पस प्रशासनले निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो ।त्यहाँ नेपाल विद्यार्थी संघको मात्रै मनोनयन परेको थियो । क्याम्पसले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाइएको छ । तर नेविसंघले भने निर्धारित मितिमा नै निर्वाचन गराउन माग गरेको छ ।

बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.