• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

खखडेहरा फुटाएर सकियो रानाथारुको होरी

धनगढी, ३० फागुन/रानाथारु समुदायको सबैभन्दा ठूलो पर्व होरी खखडेहरा फुटाएर सकिएको छ। फागुन ३० गते बिहानै खखडेहरा फुटाएर यो पर्वको विधिवत् रुपमा समापन गरिएको हो। माघ पूर्णिमाबाट होरी पर्व सुरु भएको थियो। कैलाली, कञ्चनपुर बसोबासी रानाथारु समुदायको यो सबैभन्दा ठूलो पर्व हो।

एक महिना आठ दिनसम्म होरी पर्व मनाउने चलन छ। जुन क्रममा एक महिनासम्म ‘जिन्दा होरी’ र आठ दिनसम्म ‘मरी होरी’ मनाइन्छ। होरी पर्वको अन्तिम दिन खखडेहरा हो। विहान ३र४ बजेतिर खखडेहरा फुटाएर एक वर्षको लागि होरीलाई बिदाइ गरिएको धनगढी उपमहानगरपालिकाका–८ धनगढी गाउँका वृद्ध रोना रानाले बताए ।

उनका अनुसार खखडेहरा फुटाउन भलमन्सासहित गाउँका किसान जाने गर्दछन्। उनीहरुले घरबाट टायल, माटोको गोली, फूल चामल लिएर जाने र गाउँभन्दा अलि पर गएर बाटोमा सेलाउने चलन छ। बाटोमा फुटाइएको खखडेहरामा पानी हाल्ने चलन छ। ‘यसरी बिहानै खखडेहरा फुटाएर होरीलाई पठाइएको हो’, रानाले भने । खखडेहरा फुटाएर फर्केका किसानले घररघरमा फगुवा माग्ने ९होरीको दक्षिणा० गर्दछन्। त्यसपछि साँझ भलमन्साको घरमा रमाइलो गर्दै खानपिन गर्ने चलन रहेको उनले बताए ।

माघ पूर्णिमा होलीकाको पूजा अर्चना गरेर होरी पर्वको सुरुवात गरिएको थियो। खखडेहरा फुटाएर यसको समापन गरिएको छ। खखडेरापछि विधिवत् रुपमा यस वर्षको होरी पर्व सकिएको धनगढी गाउँका भलमन्सा भज्जी रानाले बताए । खखडेहरा राना थारु समुदायको होरीको महत्वपूर्ण दिन हो। यस दिन प्रदेश सरकारले कैलाली, कञ्चनपुरमा सार्वजनिक बिदा दिंदै आएको छ।

रानाथारु समुदायका मानिसले होरी पर्व अवधिभरि होरी नाच नाचेर रमाउने चलन छ। जिन्दा होरी अवधिभरि साँझपख र राति होरी नाच्ने गरिन्छ। यसैगरी, मरी होरी अवधिभरि घर–घरमा गएर दिउँसो होरी नाच नाचेर रमाउने गरिन्छ। यस्तै, आफन्तहरुलाई आ–आफ्ना घरमा डाकेर मिठा–मिठा परिकार खुवाउने, खाने चलन छ। दसैं, दिपावली कमै मनाउने आदिवासी जनजाति रानाथारु समुदायका मानिसले होरी र तीजपर्व धुमधामसँग मनाउँदै आएका छन्।

बुधबार, चैत ०१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.