धनगढी खबरकर्मी माथी कुटपिट घट्ना प्रति पत्रकार महासंघको घोर भर्त्सना
धनगढी । धनगढीका पत्रकार शेरबहादुर ऐरमाथि भएको कुटपिट घट्ना प्रति नेपाल पत्रकार महासङ्घले घोर भर्त्सना र निन्दा गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ऐरमाथि धारिलो बस्तुले टाउकोमा प्रहार गरिएको घट्ना प्रति महासङ्घले घोर निन्दा गरेको हो ।
रेडियो धनगढी र धनगढी खबर डटकमका कार्यरत शेरबहादुर ऐरमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ । कुनै पनि बहानामा पत्रकार माथी आक्रमण हुनु प्रेस स्वतन्त्रता माथीको आक्रमण हो । स्वतन्त्रता माथी हुने सबैखाले आक्रमण घटनाको कडा शब्दमा भत्र्सतना गर्दै महासंघ यस्ता घटनाको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन पत्रकारलाई सुरक्षित रुपमा काम गर्न वातावरण निर्माण गर्न सम्बन्धीत नियकाय संग माग गर्दछ । ,’ पत्रकार महासङ्घका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
शनिवार राति अपरिचित अज्ञात व्यक्तिले उनीमाथि कुटपिट गर्दा उनको टाउकोको पछाडि पट्टी भागमा चोट लागेको छ ।