धनगढी । सिकल सेल रोगको व्यवस्थापनबारे धनगढीमा प्रदेश स्तरिय सम्मेलन भएको छ ।
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साईमन)को आयोजनामा शनिवार धनगढीको रुवस होटलमा सम्मेलन भएको हो ।
सुदूरपश्चिममा सिकलसेलका विरामी बढी भएकाले यसको व्यवस्थापनबारे विज्ञ चिकित्सकहरुबाट राय सुझाव संकलन गरिएको हो ।
सम्मेलनमा प्रदेशमा सिकलसेल विरामीको अवस्था, व्यवस्थापनका लागि गरिएका प्रयास, रोग निवारण लगायतका बारेमा स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डाकटर जगदिश जोशीले प्रस्तुतिकरण गरेका थिए ।
सम्मेलनमा भेरी अस्पतालका फिजिसियन डाक्टर राजन पाण्डे, नेपालगञ्ज मेडिकल कलेजका प्याथोलोजी प्रयाग गौतम, विर अस्पतालका डाक्टर निरज कुमार सिंह, नेपाल चिकित्सक संघका डाक्टर शुभेषराज कायस्थ, सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमर, उत्तम भट्ट, महाकाली अस्पतालका डाक्टर योगेश भट्ट लगायत विभिन्न विद्याका चिकित्सकहरुले सिकलसेल विरामीको व्यवस्थापन, समस्या, चुनौति लगायतका विषयमा राय सुझाव व्यक्त गरेका थिए ।