• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रदेशको भागबन्डा केन्द्रबाटै हुने

धनगढी ।  सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने अघिल्लो साँझ माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले ‘पावरसेयरिङ क्लियर’ भएपछि मात्रै विश्वासको मत दिने बताएका थिए । तर नेता भट्टको भनाइ सार्वजनिक भएलगत्तै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत दिन निर्देशन गरेपछि मत दिनुअघि नै सरकारमा भागबन्डा निश्चित गराउने भट्टको चाहना पूरा हुन पाएन ।

हाल सबै सांसदहरू राष्ट्रपति निर्वाचनका लागि गएकोले उनीहरूमध्ये अधिकांश उपराष्ट्रपतिको निर्वाचनपछि फर्कने योजनामा छन् । त्यसैले सुदूरपश्चिमको मन्त्रिमण्डल विस्तार पनि चैतमा मात्रै हुने देखिएको छ । विश्वासको मत दिने क्रममा प्रदेशसभा बैठकको मन्तव्यमा पनि संसदीय दलका नेता भट्टले आफूहरू सत्तापक्षभित्रै प्रतिपक्ष हुने बताएर भागबन्डामै संकेत गरेका थिए ।

उनको त्यस भनाइ सरकारमा उचित भाग पाउनुपर्ने लक्षित रहेको कांग्रेसका एक सांसदको बुझाइ छ । माओवादी केन्द्रका प्रदेशसभा सदस्य मानबहादुर धामी मन्त्रिपरिषद् विस्तार चैत ५ गतेपछि मात्र हुने बताउँछन् । चैत ५ गतेसम्म आचारसंहिता जारी रहेको नेताहरूको भनाइ छ । सांसद धामीले भने, ‘दलीय हैसियतमा दलहरू सरकारमा सहभागी हुन्छन् । सत्तारूढ सबै राजनीतिक दलहरूले प्रदेशसभामा उपस्थितिको हैसियतअनुसार भागबन्डा हुनेछ ।’
मुख्यमन्त्रीबाहेक ६ मन्त्रालय रहेको सुदूरपश्चिममा मुख्यमन्त्री शाहले एकीकृत समाजवादीलाई सुरुमै सत्ता साझेदार बनाइसकेका छन् । आफूसँगै मुख्यमन्त्री शाहले एकीकृत समाजवादीका नरेशकुमार शाहीलाई आर्थिक मामिला र कांग्रेसका प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिसकेका छन् । अब बाँकी चार मन्त्रालय मात्रै छन् ।

प्रदेश तहका नेता तथा सांसदहरूले भागबन्डाको चाहना राख्दै चाँडोभन्दा चाँडो सरकारमा जान चाहेका भए पनि यहाँ मुख्यमन्त्रीसमेतको हातमा केही नभएको कांग्रेसकै एक सांसदले बताए । उनले हालको अभ्यासलाई तथा प्रदेशलाई केन्द्रको छाया अर्थात् ‘निर्देशित संघीयता’ भएको टिप्पणी गरे । सुदूरपश्चिममा कांग्रेस संसदीय दलका नेता शाह नेतृत्वको सरकार गठबन्धनमा एक स्वतन्त्रसहित चार दल सम्मिलित छन् । स्वतन्त्र सांसद तारा जोशीले भने विश्वासको मत दिएका भए पनि आफू प्रतिपक्षमा बस्ने बताइसकेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी सत्ता गठबन्धनमा छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदले उनलाई विश्वासको मत दिएका हुन् । यसअघि नागरिक उन्मुक्ति पार्टी ९नाउपा० को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका राजेन्द्रसिंह रावलको नेतृत्वमा माओवादी केन्द्र र राप्रपा सम्मिलित सरकारलाई विश्वासको मत नदिएपछि सरकार ढलेको थियो ।

शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.