धनगढी/धनगढी उपमहानगरपालिका वडा न ४ बोराडाँडीमा रहेको अक्स्फोर्ड सेकेन्ड्री स्कुलले १३औं वाषिर्कोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ ।
मंगलबार विद्यालयको प्राङ्गणमामा एक औपचारिक कार्यक्रममा बिच वार्षिकोत्सब सम्पन्न भएको हो । वार्षिकोत्सब तथा अभिभावक दिवसमा सप्ताहा व्यापी रूपमा चलेको वार्षिक खेलकुदमा प्रथम ,दृतीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र, मेडलद्वारा पुरस्कृत गरिएको हो । उपस्थित सयौंको संख्यामा रहेका अभिभावक र अतिथिहरुको मनोरञ्जनका लागि विद्यार्थीहरुले विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुती राखेका थिए । त्यस्तै विद्यालयलाई निरन्तर सल्लाह सुझाव प्रदान गर्ने ४ उत्कृष्ट अभिभावक एवं विद्यालयका गतिविधिमा सकृय सहभागिता जनाउने शिक्षक तोयनाथ भट्ट र शिक्षिका समुन्द्रा भट्टराई सम्मानित भएका हुन ।
१३औं वाषिर्कोत्सव तथा अभिभावक दिवसका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टि।एन। जोशीले अक्स्फोर्डका विद्याहरुको प्रतिभा देखेर आफै असाध्यै प्रभावित भएको बताए । उनले विद्यार्थी भित्रको रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराएर बाहिर ल्याउन अक्स्फोर्डले असाध्यै मिहिनेत गरेको देखेर आफुलाई खुशी लागेको बताए । उनले आफू सुदूरपश्चिमको प्राज्ञिक संस्थाको नेतृत्वमा आइरहँदा अब यस क्षेत्रको भाषा,कला,संस्कृतिको संरक्षण र प्रबर्द्धनमा आफू सदैव अगाडि बढ्ने बताए ।
कार्यक्रममा विद्यालयका प्रीन्सिपल लोकराज पन्तले अक्स्फोर्ड विद्यालयले समय सुहाउँदो शिक्षा दिइरहेको बताएका छन् । उनले विगतमा अक्स्फोर्ड भाडाको भवनमा रहेपनि पछिल्ला केहिवर्ष यतादेखि आफ्नै स्वामित्वमा रहेको जग्गामा सुविधासम्पन्न भवनमा रहेको भन्दै आफ्नो ध्यान अब गुणस्तरीय शिक्षा प्रदान गर्नमा केन्द्रित रहेको बताए । उनले हाल अक्स्फोर्डमा नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुँदै आएको भन्दै लगत्तै कक्षा ११र१२ को पढाई संचालनको लागि आफुहरु तयारीमा लागेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सबको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशी रहेका थिए। त्यस्तै विशिष्ट अतिथिमा धनगढी उपमहानगरपालिका वडा न ४ का अध्यक्ष बुद्धि बहादुर खड्का,प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाह,कैलाली मोडेल स्कुलका प्रीन्सिपल तपेन्द्र सिंह,प्याब्सन धनगढी नगर कमिटी अध्यक्ष नरेन्द्र बहादुर सिंह रहेका थिए । हजारौं अभिभावकहरुको उपस्थितमा सम्पन्न वार्षिकोत्सब तथा अभिभावक भेलाको संचालन विद्यालयका शिक्षक तोयनाथ भट्ट र कक्षा ९ कि छात्रा खुशी साँउदले गरेकी हुन ।