धनगढी, ११ फागुन/धनगढीको छ लेन सडकमा तारजाली नाघेर गएपछि भाचिन थालेको भन्दै चिन्ता भैरहेका छ । आज (बिहीवार) धनगढी–अत्तरिया छ लेन सडकस्थित बिचमा राखिएको जाली वारपार गरिरहेको दृश्य भाइरल बनेको छ ।
सो दृश्य धनगढीका पत्रकार तेज बोहराले कैद गरेर सार्वजनिक गरेका थिए । उनले भिडिओ सार्वजनिक गर्दै लेखेका छन्, ‘हामी कतिसम्म असभ्य छौँ। यो भिडियो हेरेर अनुमान गरौं । ठुलाठुला आदर्शका कुरा गर्छौं । ३ सय मिटर पैदल हिड्न अल्छी गर्छौ । आफू (नागरिक) नसुध्रीएसम्म गोपाल, बालेन, हर्क जो आएपनी केहि हुँदैन। धनगढी–अत्तरिया ६ लाइन सडक ।’
यो भिडिओ सार्वजनिक भएर भाइरल बनेपछि अहिले मानव चेतना, ट्राफिक नियम, लेन नियम लगायत समग्र धनगढीका स्थानीयको आलोचना भैरहेको छ । भिडिओको दृश्यमा ट्राफिक प्रहरी पनि देखिएका छन् ।