धनगढी १ फागुन/अहिलेको राजनीतिमा फरक तरिकाले हिडेका प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल एउटै हेलिकोप्टरमा काठमाडौ फर्किएका छन् ।धनगढीबाट काठमाडौ जानेक्रममा दुईवटै नेताहरु आज साँझ नेपाली सेनाको स्काइ हेलिकोप्टरमा फर्किएका हुन ।
प्रचण्ड आज विहान सुदूरपश्चिम आएका हुन भने नेपाल आइतबार (हिजो) धनगढी आएका थिए । आइतबार विहान प्रचण्डले भेटौ भनेर माधव नेपाललाई फोन गरेका थिए स्रोतले भन्यो, माधवको जवाफ थियो म त धनगढी जाँदैछु । त्यसपछि प्रचण्डले म पनि भोली धनगढी आउदै छु संगै फर्कोला भनेका थिए ।
प्रचण्ड र माधव एउटै हेलिकोप्टरमा जानुलाई अर्थ पूर्णरुपमा लिइएको छ । हेलिकोप्टर चढ्नु अघि विमानस्थलको विशिष्ठ कक्षमा प्रधानमन्त्री प्रचण्ड सहितका नेताहरु सोही हेलिकोप्टरमा काँग्रेस नेता रमेश लेखक पनि रहेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र लेखक पनि सोही हेलिकोप्टरमा हुनुले कुनै राजनीतिक सल्लाह भएको अनुमान गरिएको छ । यद्यपी सो हेलिकोप्टरमा एमालेका नेताहरु उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी पनि थिए ।