धनगढी, १ फागुन । कैलालीमा बिश्व रेडियो दिबस मनाइएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी रेडियोहरुका संस्था सामुदायिक प्रसारक संघ (अकोराब) र ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान)ले संयुक्त रुपमा मनाएका हुन।
बानका सुदुरपश्चिम अध्यक्ष अमिता कुँवरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश बहादुर शाही रहेका थिए। कार्यक्रममा शुभकामना दिँदै मन्त्री शाहीले रेडियो को महत्व अझै नसकिएको बताए ।
उनले स्थानिय रेडियोहरुलाई उकास्न के गर्न सकिन्छ भनेर आफुले नितीमा नै सुधार गर्ने बताए । कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवर, बानका उपाध्यक्ष गोबिन्द रोस्यारा,अकोराबका पूर्व अध्यक्ष दिर्घराज उपाध्याय, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य दिल बहादुर छत्याल,प्रेस चौतारीनेपालका पूर्व इन्चार्ज हेमन्त पौडेल, कैलाली पत्रकार महासंघका अध्यक्ष हिमाल जोशी,बानका पूर्व अध्यक्ष ज्ञानेन्द्र महता, फाया नेपालका कार्यक्रम निर्देशक शेर बहादुर बस्नेत लगाएतले रेडियो दिबसको शुभकामना दिएका थिए । कार्यक्रममा संकटमा रहेका रेडियोहरुको बारेमा चिन्ता ब्यक्त गर्नुको साथै हालपय अबस्थामा रेडियो सन्चालनका चुनौतीको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा सुदुरपश्चिम भरका रेडियो सन्चालक एबम रेडियोकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य बानका केन्द्रिय सदस्य श्रबण देउबाले गरेका थिए भने सन्चालन अकोरोबका प्रदेश सचिब अमर भट्टराईले गरेका थिए । विश्व रेडियो दिबसको यस बर्षको नारा शान्ती र रेडियो रहेको छ ।