काठमाडौं/सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । तर, बैठकमा चार दलका नेता मात्र सहभागी छन् । गठबन्धनमा सात दल आबद्ध छन् ।
गठबन्धनमै आबद्ध जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका कोही पनि नेता बैठकमा सहभागी भएनन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी र जनमतका अध्यक्ष सीके राउत बैठकमा सहभागी नभएका हुन् । ती तीन दलका दोस्रो तहका नेता पनि बैठकमा सहभागी भएका छैनन् । गएको शुक्रबार बसेको संयन्त्रको बैठकमा पनि उनीहरू अनुपस्थित थिए ।
नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले आफू अहिले कैलालीको धनगढी विमानस्थलमा रहेको र काठमाडौं आउन लागेको बताइन् । बैठकका लागि खबर आए पनि काठमाडौंबाहिर भएकाले सहभागी हुन नसकेको उनले जानकारी दिइन् ।
“म अहिले धनगढी विमानस्थलमा छु । पार्टीको कामले यता आएको थिएँ । बैठकका लागि खबर आए पनि सहभागी हुन सकिनँ । काठमाडौं फर्कंदै छु,” उनले बाह्रखरीसित भनिन् ।
बैठकमा संयन्त्रका संयोजक समेत रहेका नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेन मात्र सहभागी छन् ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका तीन दलका नेता बैठकमा सहभागी नभएका हुन् । पछिल्लो समयमा सत्ता गठबन्धनमा असन्तुष्टि देखिएको छ