धनगढी, १६ माघ/नेपाल विद्यार्थी संघ कैलालीले सहिद दिवसको अबसरमा धनगढीको सहिद गेटमा सहिदको सम्झानामा दिपप्रज्वलन कार्यक्रम गरेको छ ।
नेविसंघ कैलालीका अध्यक्ष मनिष कुँवरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, बिशिष्ठ अतिथी कैलाली क्षेत्र नम्बर ५का संसद डिल्लीराज पन्त र सुदूरपश्चिम प्रदेश सभा सदस्य विशिष्ट प्रकाश देउवा रहेका थिए ।
कार्यक्रममा विभिन्न कालखण्डका आन्दोलनमा राष्ट्रका लागि आफ्नो प्राण आहुति दिने महान सहिदहरु सम्झदै श्रद्धाञ्जली अर्पण गरेका थिए । नेविसंघ कैलालीले जिल्लाभरका आफ्ना मातहतका ईकाइ, समितिहरुलाई दिप प्रज्वलन रक्तदान, सरसफाई, अन्तरक्रिया, मंथन, वक्तृत्वकाला तथा रचनात्मक कार्यक्रम संचालन गरी मनाउन समेत निर्देशन दिएर जिल्ला भरी मनाएको नेविसंघ कैलालीका अध्यक्ष मनिष कुँवरले जानकारी दिए ।