गणेश मौनी
डोटी १२ माघ/नेपाल रेडक्रस सोसाईटी सुना देबी उप शाखा लडागडाले डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ अन्तरगत रहेका सम्पूर्ण टोहरुलाई बुधबार एक कार्यक्रमका बिच स्टेचर बितराण गरेको छ ।दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ को सहयोग तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा डोटीको समन्वयमा स्टेचर बितरण गरिएको सुनादेबी उपशाखाका सभापती मान बहादुर कडायतले बताए ।
वडा अन्तरगत रहेका बेडगाउँ, मेल्तोली, देउरा, सेटीगाउँ, सेरीगाउँ, डाडाँ गाउँ, गोदणा, नारिदान टोलका साथै वडा भित्र रहेका सुनादेबी माबी, चौखान माबि र लगागडा स्वास्थ्य चौकीलाई गरी १।१ थान स्टेचर बितरण गरिएको र केही थान शाखा संग पनि रहेको उपशाखा सभापती कडायतले बताए ।
सुनादेबी उपशाखाले टोलटोलमा स्टेचर बितरण गर्दा विरामीहरुलाई स्वास्थ्य संस्था सम्म सहज रुपमा आवत जावत गर्न सहज हुने जिल्ला समन्वय समिति डोटीका सदस्य राम बहादुर खड्काले बताए ।कार्यक्रमका प्रमुख अथिती समेत रहेका खड्काले स्थानीय सरकारले गर्नुपर्ने महत्वपूर्ण काम मध्य स्वास्थ्य क्षेत्र पनि एक भएकोले यसलाई प्राथमीकताका साथ हेर्नुपर्ने बताए । टोलटोलमा स्टेचर हुदाँ प्राकृतिक प्रकोप र जोखिमको समयमा पनि आम नागरिकलाई सजह हुने भएकोले उपशाखाले स्टेचर बितरण गरेको प्रति धन्यवाद समेत ब्यक्त गरेका थिए ।
उपशाखाले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिती डोटीका सदस्य राम बहादुर खड्का, नेपाल रेडक्रस सोसाईटी जिल्ला उप सभापती खडक बहादुर खड्का, शाखाका आजिबन सदस्य, साधारण सदस्य, स्वास्थ्यकर्मि, पत्रकार र स्थानीय बासीहरुको सहभागिता रहेको थियो । २०८७ साल फागुन २७ गते सुनादेबी उप शाखाको बैधानीकता पाई संचालनमा रहेको उप शाखाले समय समयमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।