धनगढी, ५ माघ/कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत धरणिधर भट्ट कैलाली बहुमुखी क्याम्पसबाट ‘टियु टपर’ बन्न सफल भएका छन् । भट्टले त्रिभुवन विश्वविद्यालय भरिमै बिबिएम चौथो सेमेस्टरमा सर्वाधिक अंक ३.९९ जिपिए ल्याएर ‘टियु टपर’ बन्न सफल भएका हुन् ।
कैलाली बहुमुखी क्याम्पसमा पढाईको सिल सिलामा आन्तरिक कक्षामा पनि कडा मेहनत गर्दै आएका भट्ट डोटीको शिखर नगरपालिका १ कपल्लेकी घर भई पढाईको सिलासिलामा धनगढी बसेर त्रिभुवन विश्वविद्यालयको बिबिएम प्रथम सेमेस्टरमा ३.८८ जिपिए र दोस्रो सेमेस्टरमा ३।९६ जिपिए ल्याएर बिबिएम संकायमा ‘टियु सेकेन्ड टपर’ भएका थिए भने तेस्रो सेमेस्टरमा ३.९८ जिपिए र चौथो सेमेस्टरमा ३.९९ जिपिए ल्याएर ‘टियु टपर’ बनेका छन् ।
माध्यामिक शिक्षा डोटीको शिखर नगरपालिकास्थित केदारेश्वर माध्यामिक विद्यालयबाट पढाई हासिल गरेका थिए । भने पछि उनी धनगढीमा अंकलको घरमा बसेर +२ र स्नातक तह कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गरिरहेका छन् ।