• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आन्तरिक पर्यटकको गन्तव्य बन्दै कैलालीको कोइलही ताल

धनगढी, ५ माघ । वरिपरि जङ्गलको रमणीय दृश्य छ । बीचमा सुन्दर प्राकृतिक ताल । ताल परिसरमा बालबालिका देखि वयस्क रमाउँदै छन् । कैलालीको कोइलही ताल क्षेत्रमा आज देखिएको दृश्य हो, यो ।

कैलारी गाउँपालिका –९ मा रहेको यो ताल आन्तरिक पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य बनेको छ । सार्वजनिक बिदाका बेलामात्रै नभई अन्य दिन पनि यो तालमा घुमफिर गर्न र पिकनिक खानेका लागि गन्तव्य बन्दैगएको छ । आन्तरिक पर्यटकले कोइलही ताल खचाखच हुन थालेको छ ।

‘बिदाको दिन अझै बढी मान्छे हुन्छन्’, ताल क्षेत्रमा फलफूलको व्यापार गर्दै आउनुभएका बनकन्द्री गाउँका बुधराम थारुले भने, ‘अरू दिन पनि घुम्न आउनेको सङ्ख्या कम छैन ।’ दिनहुँ दुई तीन सय मान्छे घुमफिर गर्न र पिकनिक खानका लागि कोइलही ताल आउनेगरेको उनको भनाइ छ ।

यो तालमा पर्यटकका मनोरञ्जनका लागि डुङ्गा सञ्चालन हुँदैआएको छ । ताल अवलोकन र घुमफिर गर्न आएकाहरू डुङ्गामा सयर गरेर आनन्द लिनेगरेका छन् । पिकनिक खानका लागि मात्रै नभई शैक्षिक भ्रमणका लागि टाढा–टाढाको विद्यालयका विद्यार्थी, शिक्षक पनि कोइलही ताल पुग्ने गर्छन् ।

चाडपर्वपछि धेरैजसो मान्छे पिकनिक खानका लागि कोइलही ताल आउनेगरेका स्थानीयवासी बताउँछन् । ताल परिसरमा पिकनिक क्षेत्र बनाइएको छ । पिकनिक क्षेत्रमा हरेक दिन घुइँचो लाग्नेगरेको स्थानीय व्यापारी थारुले बताए ।

यसैगरी, विभिन्न सङ्घसंस्था, समूह र शैक्षिक संस्थाका कर्मचारीहरू संस्थागत छलफलसहित रमाइलो गर्नका लागि पनि कोइलही तालमा पुग्नेगरेका छन् । जोशीपुर गाउँपालिका –२ मुद्धि घर भई युनाइटेड एकेडेमी स्कुल टीकापुरमा कार्यरत रञ्जना रावतले अफिसको ‘मिटिङ’ सहित पिकनिकका लागि पहिलो पटक कोइलही तालमा आएको बताए ।

‘एक दिन घुमघाम गरेर फर्कन सकिने भएकोले छोटो समयमा घुमघाम गर्न चाहनेहरूका लागि यो ठाउँ राम्रो लाग्यो’ सोही विद्यालयका शिक्षक ललिता कठरियाले भने ।

७२ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताललाई आर्थिक वर्ष २०७३–७४ मा थोरै व्यवस्थित गर्ने कार्य भएको थियो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको तालतलैया एवम् सिमसार क्षेत्र संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत ९७ लाख ७४ हजार रुपियाँ खर्चेर व्यवस्थापनको साथै केही संरचना बनाउने कार्य भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दशैं, तिहार सकिएपछि हरेक वर्ष हिउँद यामभरी पर्यटकको घुइँचो लाग्ने गर्छ ।

अत्तरिया स्थित होलिल्याण्ड स्कुलका शिक्षक सुरेन्द्र चन्दले घुमफिरका लागि ताल क्षेत्र निकै राम्रो रहेको बताए । ‘यो ठाउँ राम्रो छ’, उनले भने, ‘यहाँ थुप्रै मान्छे घुमफिर गर्न आउने गर्दछन् ।’ सो विद्यालयका विद्यार्थीसमेत शैक्षिक भ्रमणको लागि कोइलही ताल पुगेका थिए ।

आन्तरिक पर्यटकको चहलपहल बढेपछि कोइलही ताल क्षेत्रमा व्यापार व्यवसाय पनि फष्टाएको छ । स्थानीय व्यवसायीले पिकनिक क्षेत्रमा नास्ता, मिठाइ, फलफूल, पान लगायतको व्यापार गर्दैआएका छन् । दिनभरिमा दश बाह्र हजार रुपियाँको बिक्री हुनेगरेको मिठाइ व्यापारी रामु चौधरीले बताए। ‘भीडभाड बढी भएको दिन व्यापार राम्रो हुन्छ’, उनले भने ।

बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.