धनगढी, १ माघ/नगरपालिकाको आर्थिक, सामाजिक र सँस्कृति र पर्यटन विकासमा सहयोग पुर्याई पुनर्वास नगरपालिकालाई मिडियामैत्री बनाउन पत्रकारिता क्षेत्रबाट पुर्याईएको योगदानको कदर गर्दै पुनर्वासका पत्रकारलाई सम्मान गरेको छ ।
पुनर्वास नगरपालिकाको बाह्रौँ नगर सभा तथा हिउँदे अधिवेशन बाट चौधरी संगै पुनर्वास क्षेत्रबाट क्रियाशिल पत्रकार नेपाल टेलिभिजनकर्मी, आदिवासी जनजाति पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष एवम् नेपाल प्रेस युनियन कञ्चनपुरका सदस्य जुद्ध चौधरी, नागरिक आवाज साप्ताहिकका प्रकाशक एवम् सम्पादक दिपेन्द्र बस्नेत , रैकवर खबर दैनिकका धन बहादुर बिक , बिश्व खोज दैनिकका सहसम्पादक केशव भट्टराई , रेडियो पश्चिम टुडेका पत्रकार बिरबहादुर सिंह र पुनर्वास टाइम्स साप्ताहिकका प्रकाशक लाल एस के लगाएतलाई सम्मान गरेको हो । पत्रकारहरूलाई नगर सुशासन पत्रकारिता पुरस्कारबाट नगरप्रमुख तोयाप्रसाद शर्माले प्रमाण पत्र प्रदान गर्दै सम्मनित गरिएको छ।
पुनर्वास नगरपालिकाको नगरसभामा नगरप्रमुख तोयाप्रसाद शर्मा र उपप्रमुख भुलिया कुमारी रानाले सञ्चार क्षेत्रबाट नगरको सुसासनमा पुर्याएको योगदानको चर्चा गर्दै दोसल्ला ओढाई नगद राशी र सम्मान पत्र प्रदान गर्दै गरिमामय सभामा सम्मान गरेका हुन् ।