धनगढी ३० पुस/पश्चिम नेपाल को प्रख्यात धार्मिक क्षेत्र कैलालीको गोदावरी धाममा बाह्र राषी दर्शन मकर मेलाको शुभारम्भ गरिएको छ । गोदावरी धाम मा एक कार्यक्रम का बिच शनिबार सुदुरपश्चिम प्रदेशका प्रमुख देबराज जोशीले उदघाटन गरे ।
कार्यक्रममा प्रदेशका नब नियुक्त मन्त्री सन्तोष शर्मा , प्रदेश सांसदहरु प्रकाश बम , तुल्सी देबकोटा, जानकी पौडेल, खेमा देबी बिष्ट , गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्ट , उपप्रमुख शारदा देबी रोकाया , स्वामी देबराज आचार्य १००८ लगाएत को सहभागीता रहेको छ । मकर मेला भोलि देखि १२ दिन सम्म चल्ने छ । मकर मेला को सबै तयारी पूरा भएको मुल आयोजक समितिका संयोजक पदमराज जोशीले बताए ।
मकर मेलाको को लागि कुम्भ बाटिका, स्नान कुन्ड, बाटोघाटो निर्माण लगाएत का संरचनाहरु बनेका छन् । मकर मेलाको लागि नै गोदावरीमा स्थानीय बजार समेत लाग्न शुरु भएको छ । मकर मेलाको समयमा १२ दिन सम्म आ आफ्नो राषिको ग्रह पुजा , ग्रह शान्ति र अन्य पुजा गर्न सकिने छ । यसै बिच गोदावरी धाम बिकास समिती नब निर्बाचित जनप्रतिनिधीहरुलाई सम्मान पनि गरेको छ ।