धनगढी, २३ पुस/मारवाडी युवा मञ्च धनगढीको पहलमा बेहडाबाबा क्षेत्रमा गौशाला निर्माण अभियान सुरु गरेको छ । धनगढी १६ बेहडाबाबा सार्बजनिक क्षेत्रमा मन्दिर समितिले उपलब्ध गराएपछि धनगढी उपमहानगरपालिको सहयोगमा मारवाडी युवा मञ्च धनगढी र ईस्कोन नेपालले व्यबस्थीत गौशाला निर्माण गर्न लागेको मारवाडी युवा मञ्च धनगढीका अध्यक्ष अमित भोजानीयाले जानकारी दिए ।
एक सय ५० पशु राख्न सक्ने मिल्ने गौशालमा पशुको रेखदेख र स्याहार ईस्कोन नेपालका स्वयमसेवकले गर्ने बताईएको छ । उपमहानगरपालिकाको रकम निर्माण भैरहेको गौशालामा मारवाडी युवा मञ्चले आर्थिक संकलन गरी ईस्कोन नेपालका स्वयमसेवकले पशुलाई सेवा दिने मारवाडी युवा मञ्च धनगढीका अध्यक्ष भोजानीयाले जानकारी दिए ।