धनगढी २३ पुस/धनगढी उप-महानगरपालिका १९ फूलवारी स्थित एक पसलमा आगलागी भएको छ । पच्चीसघर बजार स्थित नगेन्द्र चौधरीको घरमा लक्ष्मण चौधरीले संचालन गरेको स्पर्श सपिङ्ग सेन्टरमा आगलागी भएको हो । गए राती करिब २ बजेतिर आगलागी भएको कैलाली प्रहरी प्रवक्ता बेद प्रकाश जोशीले जानकारी दिए ।
आगलागिबाट करिब ६० लाख बराबरको क्षती भएको बताइएको छ । इलाका प्रहरी कार्यालय बहुलिया, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियो । मध्य रातमा अचानक भएको आगलागीबाट पसलको दुई ओटा कोठा,पसल भित्ररहेको सम्पुर्ण लत्ता कपडा,अन्य सर-सामान जलि नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
