जमुना न्युरे
सुखड १६ पुस/कैलाली जिल्लाको भजनी ९को जनज्योति सोनिया सामुदायिक बनमा वन अतिक्रमण गरी निर्माण गरिएको बस्ती हटाएको छ । उक्त बाढी पिडितका नाममा सामुदायिक वनमा अतिक्रमण गरी बनाएका १६१ घरटहरा शनिबार बन कार्यालयले हटाएको छ । भाद्रमा कान्द्रा नदीमा आएको बाढिले भजनीका स्थानीयले बाढीपिडित भन्दै घटहरा निर्माण गरी बस्ती निर्माण गरिएको थियो ।
सामुदायिक बनमा केही दिनका नदीमा सतह नघटदा सम्म अस्थायी रूपमा बस्न दिएपनि घरटहरा निर्माण कार्य हुन थाले पछि बन कार्यालयको सहयोगमा अतिक्राण हटाईएकोे सामुदायिक बनका अध्यक्ष सुरेश चौधरीले बताए । उनले भने सुरुवात थोरै घरटहरा निर्माण भएपनि पछि बिस्तारै बाढीपिडितका नाममा अतिक्रमण धेरै टहरा बन्न गालेपछि हटाएको बताए । सामुदायिक बनले आफ्नो वन क्षेत्रमा बनाइएका अस्थायी घरटहरा हटाउन समुहले पटक पटक मौखिक तथा लिखित रूपमा जानकारी गराएपनि अटेर गरेपछि बल प्रयोग गरे बन क्षेत्र खाली गराएको समुहका अध्यक्ष चौधरीले बताए ।
सब डिभिजन बन कार्यलय पचमुडीया कैलालीले अतिक्रमीत जमिन खाली गराउन पुस ९ गते लिखित रूपमा ७ दिने सुचना गरिएको सब डिभिजन बन कार्यलय पचमुडिया प्रमुख सहायक बन अधिकृत नितेशराज भट्टराईले बताएका छन् । अतिक्रमण गरि बनाएको घरटहरा सामुदायिक बन बाट हटाउनका लागि सूचना दिदा पनि हट्न नमाने पछि शनिबार डिभिजन बन कार्यालय पहमानपुर प्रमुख गोकुलप्रशाद रिजालको नेतृत्वमा सशस्त्र प्रहरी, वन रक्षक, वन कर्मचारी र नेपाली प्रहरीको सयुक्त टोलिले वल प्रयोग गरी अतिक्रमण गरी बनाएका १ सय ६१ घरटहरा हटाएको छ ।
उता बाढिपिडितहरु भने आफुहरुलाइ अन्यत्र ठाउमा ब्यबस्थापन गरी कान्द्रा नदीमा कटान रोक्न तटबन्ध गरे मात्रै स्थान छोड्ने स्थानीय शान्ती चौधरीले बताईन् । यता डिभिजन बन कार्यलय प्रमुख रिजाल भने अतिक्रमण हटाएको ठाउँमा निरन्तर रूपमा हेरबिचार, निगरानी राख्ने पुन घरटहरा बनायमा बन ऐन २०७६ अनुसारको घटनाको अनुसन्धान गरी कानुनी कारबाही गर्ने बताएका छन् ।