धनगढी, १२ पुस/सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित ५३ सदस्यले पुस १५ गते (भोली) पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै पुस १५ गते पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम भएकोले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादीका ११, एमालेले १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद रहेका छन् । साथै सचिवालयले नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको पद तथा गोपनियताको सपथ ग्रहण स्थानिय भाषा (मातृभाषा)मा पनि गराउने भएको छ । आफ्नै भाषामा स्थानिय भाषामा सपथ लिन चाहनेलाई तीन दिन भित्र निवेदन दिन समेत अनुरोध थियो । सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित छ जनाले स्थानिय (मातृभाषा) भाषामा पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् ।
मंसिर १५ गते १ बजे हुन लागेको नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको पद तथा गोपनियताको सपथ ग्रहण स्थानिय भाषामा गर्न प्रदेश सभा सचिवालयमा निवेदन पेश गरेका हुन । ५३ सदस्यीय रहेको प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच र नेपाली काँग्रेसतर्फ समानुपातिकबाट निर्वाचित एक गरि छ जनाले स्थानिय भाषामा पद तथा गोपनियताको सपथ लिने भन्दै निवेदन पेश गरेको सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
नागरिक उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा १ बाट निर्वाचित कैलालश चौधरी, प्रदेश सभा २ का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा १ का घनश्याम चौधरी र २ का खुशी राम डगौरा थारु संगै नेपाली काँग्रेसबाट समानुपातिक तर्फ बाट निर्वाचित कञ्चनपुरकी गिताकुमारी चौधरीले स्थानिय भाषाका लागि निवेदन दिएको उनले बताए ।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै स्थानिय भाषामा सपथ लिन चाहनेलाई तीन दिन भित्र निवेदन दिन अनुरोध गरेको थियो ।
मंसिर १५ गते १ बजे हुन लागेको नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका प्रमुख देबबहादुर बोगटीले जानकारी दिए । संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ बमोजिम निर्वाचित प्रदेश सभा सदस्यहरु मध्ये ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्था अनुसार प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराउने व्यवस्था रहेको छ ।
यस पटक सबैभन्दा ज्येष्ठ प्रदेश सभा सदस्य अछामका मानबहादुर रावल रहेका छन् । उनी अछाम निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित हुन् । ६८ वर्षीय रावलले प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन् । त्यसअघि, रावललाई प्रदेश प्रमुख जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन् ।
प्रदेश प्रमुखबाट ज्येष्ठ प्रदेश सभा सदस्य र ज्येष्ठ प्रदेश सभा सदस्यबाट अन्य सदस्यलाई शपथ ग्रहणको कार्यक्रम एकै दिन राखिएको सूचना अधिकारी युवरा जैशीले बताए । प्रदेश सभा भवनको हलमै सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम हुने जनाइएको छ ।
