काठमाण्डौ १३ पुस/नेपाल निजामती कर्मचारी यूनियन, शहरी बिकास मन्त्रालय बिभागिय कार्य समितिले शहरी बिकास मन्त्रालयमा सरुवा भई आउनु भएका सचिबलाई एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ ।
बुधबार मन्त्रालयमा बिभागिय कार्य समितिका अध्यक्ष अनिलकुमार प्रधानको अध्यक्षमा भएको कार्यक्रममा मन्त्रालयका सचिब सुरेश आचार्यलाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा युनियनका बिभागिय अध्यक्ष प्रधान र आधारिक ट्ेड यूनियनका अध्यक्ष सुरेन्द्रराज आचार्यले सचिबको सफल कार्यकालको शुभकामनाका साथै विभागको बस्तुस्थितीको वारे जानकारी गराएका थिए । कार्यक्रममा करार कर्मचारीहरुको सन्दर्भमा नबिकरण हुने समस्या, लोकसेवाबाट आएका स्थायी कर्मचारीहरुलाई दरबन्दी मिलान तथा करारमा कार्यरत कर्मचारीको उचित ब्यवस्थापनको लागि पहल गर्नु पर्ने विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा सचिब आचार्यले शहरी बिकास मन्त्रालयको विभाग अन्तर्गत विभिन्न आयोजना मार्फत ७७ वटै जिल्लामा काम गरि रहकोले शहरी बिकास मन्त्रालय महत्वपूर्ण मन्त्रालय भएको बताएका थिए । उनले सबैसँग परामर्श तथा सल्लाहा बमोजिम काम गर्ने भएकोले सबैको सहयोग अनिर्वाय रहेको बताए । उनले कतै बढी र कतै कर्मचारी हुने गरेकोले आवश्यक ठाउँमा कर्मचारी परिचालन गरी ब्यवस्थापन गरिने बताए ।
कार्यसमिति सचिब डम्मर बमले सञ्चालन गरेको कार्यमा महाधिबेशन प्रतिनिधि प्रकाश न्यौपाने, कोषाध्यक्ष सन्तोष कार्की लगायतले शुभकामना ब्यक्त गरेका थिए ।