• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दाहाल सरकारमा एकहप्ताभित्र भागबण्डा टुंगो, पुस २५ गते नै विश्वासको मत

काठमाण्डौ/पुष्पकमल दाहाल प्रचण्डको सरकारले पुस २५ गते विश्वासको मत लिने भएको छ। सोमबार शपथ लिएका प्रधानमन्त्री दाहालले सोमबार बेलुकाको मन्त्रीपरिषद् बैठकबाट संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए।

सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गरेकी छन्। ४ मंसिरको प्रतिनिधि सभा चुनावबाट नयाँ सरकार बनेपछि पहिलो संसद बैठक पुस २५ गते सोमबार दिउँसो १ बजे बस्नेछ। प्रधानमन्त्री निकट स्रोतका अनुसार २५ गतेकै बैठकमा विश्वासको मत लिने तयारी छ। संविधानको धारा ७७ अनुसार निर्वाचनपछिको सरकारले पहिलोपटक विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वास प्रस्ताव राख्न पाइने छैन।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थन लिएर प्रचण्ड आइतबार संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए। उनले एकमहिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ। ‘पछिल्लो राजनीतिक घटनाक्रम, विकसित परिस्थिति सबैलाई विश्लेषण गर्दा पहिलो संसद बैठक बसेकै दिन विश्वासको मत लिने तयारी छ’, प्रधानमन्त्री निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘त्यसदिन नभ्याउने अवस्था भए लगत्तै लिन्छौं।’

ढिलो गर्दा माहोल परिवर्तन हुने, दृश्य फरक हुनसक्ने विश्लेषण प्रधानमन्त्रीको टीमले गरेको छ। प्रचण्डले यो अवधिमा गठबन्धनबीच मन्त्रालय र अन्य शक्तिशाली निकायको भागबण्डा टुंगो लगाउने छन्। त्यसका लागि मंगलबार पनि केही नेताहरूसँग उनले छलफल गरे।

बुधबार गठबन्धनका शीर्ष नेताको छलफल राखिएको छ। यहि हप्ताभित्र गठबन्धनले मन्त्रालय भागबण्डा सकाउने एमाले उपमहासचिव विष्णु रिमालले बताए। ‘बढीमा एकहप्ताभित्र मन्त्रालयको भागबण्डा टुंगो लगाउँछौं’, रिमालले  भने।सोमबार शपथ लिएपनि मन्त्रालय टुंगो नलागेका ४ मन्त्रीको बुधबार मन्त्रालय टुंगो लगाउने तयारी भएको मन्त्री राजेन्द्र राइले जानकारी दिए।

यसैबीच मंगलबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन्।यस्तै पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग उनका सम्धी सोमप्रसाद पाण्डे निवासमा छलफल गरेका छन्। पौडेलले नेपाललाई मिलेर जान र सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्।

बुधबार, पुष १३, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.