काठमाडौं । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार धुम्बाराही सर्ने भएका छन् ।उनी धुम्बाराही सर्नका लागि आज धमाधम सामान सारिँदै गरेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
बूढानीलकण्ठको निवास मर्मत सम्भार भइरहेकाले देउवा धुम्बाराहीमा एक घर भाडामा लिएर सर्न लागेका हुन् । उनले बुधबार नै बालुवाटार छाड्ने तयारी गरेका छन् ।