धनगढी, १२ पुस/आज सोमबार सुदूरपशिचम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा बाक्लो हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भू९भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश एकको हिमाली भू–भागमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
‘प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु÷कुहिरो लागेको छ भने बाँकी भू९भागमा मौसम सामान्यतया सफा रहेको छ,’ महाशाखाले भनेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।