काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समथर्न गरेका दुई पार्टी सरकारमा सहभागी नहुने भएका छन् ।नेकपा माओवादीको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले दुई पार्टीको समर्थन रहने तर सरकारमा सहभागी नहुने जनाएका थिए ।
उनका अनुसार राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने तर सहभागी नहुने जानकारी गराएका छन् । नागरिक उन्मुक्ति पार्टीले भने रेशम चौधरी जेलमुक्त भएपछि मात्रै सरकारमा जाने सहमति भएको प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले जानकारी दिए ।