काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक बस्ने कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए ।
बैठकमा नवनियुक्त प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्ने उनले बताए । बैठकमा भावी योजनाबारे समेत छलफल हुने ढकालको भनाइ छ । आइतबार तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले आज अपराह्न पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय छ ।