धनगढी, ७ पुस/कैलालीको धनगढी १५ उर्मामा पराल भित्र लुकाएको अबैध सालका काठ बदामद गरिएको छ । बिशेष सुराकीका आधारमा उर्माको दक्षिणी टोलमा पराल र नालीमा लुकाईएको काठ बन कर्मचारीहरुले बरामद गरेका छन् ।
सब डिभिजन वन कार्यालय फुलबारी र भारताल साझेदारी वन उपभोक्ता समूहको संयुक्त गस्ती टोलिले विशेष सुराकीको आधारमा सो लुकाईछिपाई राखेको काठ नियन्त्रणमा लिएको हो । सो क्षेत्रबाट २३ थान सालको गोलिया ५ थान सालको चिरान काठ नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय फुलबारीका प्रमुख लोकराज दहालले जानकारी दिए ।
उर्मामाको दक्षिण टोलका बिभिन्न घरका आगनको परालमा र बाटोको नालाहरुमा चार सय २३ क्यूफिट साल काठ बरामद गरिएको हो । काठ तस्करीमा संलग्न स्थानीय प्यारेलाल रानालाई बन कार्यालयको नियन्त्रणमा रहेका छन् । काठ कहाँबाट ल्याएको र अन्य संगल्न व्यक्तीहरुको पहिचान गरी वन ऐन अनुसार कारबाही गरिन सबडिभिजन प्रमुख दहालले जानकारी दिए ।
