काठमाडौं, २८ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ सय रुपैयाँ घटेको छ ।
आइतबार ९७ हजार ३ सय रुपैयाँमा कारोबार एको सुन आज ९७ हजार २ सयमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । गत कारोबार दिन १ हजार ३ सयमा कारोबार भएको चाँदी आज तोलामा १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
