काठमाडौँ,११ साउन । पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा संक्रमण पुष्टि भएको छ ।यससँगै सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ पुगेको छ ।
कोरोना निको भई २०२ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।कोरोनाले थप १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।