काठमाडौं १, असार
सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु गरेको छ। गाँजा खेतीलाई खुला गर्नुपर्ने भनी संसदमा गैरसरकारी विधेयकसमेत दर्ता भएपछि सरकारले अध्ययन थालेको हो।
कानुन मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले गााजा खेतीबारे अध्ययन भैरहेको जानकारी दिएका हुन्।
गाँजा खेतीको सन्दर्भमा कानुन आयोगलाई अध्ययन गरेर अन्य मुलुकमा यसको के प्रचलन छरु नेपालमा कसरी गर्न सकिन्छरु वा सकिंदैन भन्ने विषयमा अध्ययन गर्न लगाएका छौं,’ बन्दीले भनेका छन्।
