काठमाडौँ, ३१ जेठ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १ सय रुपैयाँमा आइपुगेको छ।त्यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ६ सय रुपैयाँमा झरेको हो।
महासंघका अनुसार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको छ।चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।