काठमाडौँ, २८ जेठ । काठमाडौं उपत्यकासहितका स्थानमा शनिबार सबेरै बिहान भूकम्पको कडा धक्का महसुस भएको छ।बिहान २ बजेर ३६ मिनेटमा काठमाडौं उपत्यकासहितका स्थानमा भूूकम्पको धक्का महसुस भएको हो।
रातिको समयमा करिब ४ सेकेन्डसम्म भूकम्पको कडा धक्का महसुस भएपछि निदाइरहेका मानिसहरू उठेर घरबाहिर निस्किएका छन् ।२०७२ वैशाख १२ गतेको शक्तिशाली गोरखा भूकम्पयता लगातार सानाठूला धक्का महसुस हुने गरेका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यो भूकम्पको केन्द्रबिन्दु उपत्यकाभित्र नै रहेको जनाएको छ।
४.७ म्याग्निच्यूडको यो भूकम्पको केन्द्रबिन्दु भक्तपुरको चाँगुनारायण आसपासको क्षेत्र रहेको केन्द्रले जानकारी दिएको छ। उपत्यकाभित्रै केन्द्रबिन्दु भएकोले पनि काठमाडौंमा कडा धक्का महसुस भएको हो।