गुल्मी,२५ जेठ । आँपको रुखबाट लडेर गुल्मीको धुर्कोट निवासी पत्रकार घनश्याम पोखरेलको मृत्यु भएको छ। आँप झार्ने क्रममा उनी मंगलबार रुखबाट खसेका थिए।
रुखबाट खसेर गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका–४ जैसीथोक घर भएका ३४ वर्षीय पोखरेलको गुल्मी अस्पतालमा मृत्यु भएको हो।
पोखरेल नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेज थिए। प्रेस सेन्टर नवलपरासीका अध्यक्षसमेत रहेका उनी केही दिनअघि मात्रै घर गएका थिए।
मंगलबार दिउँसो उनी आँपको रूखबाट लडेका थिए। उपचारका लागि गुल्मी अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पत्रकार पोखरेलको निधनप्रति प्रेस सेन्टरले दुःख व्यक्त गरेको छ।