काठमाडौँ, २४ जेठ । सरकारले एआईजी सहकुल थापाबाहेक सबैको जिम्मेवारी हेरफेर गरेको छ। थापा कार्य विभागमा यथावत छन्।एआईजीहरु विश्वराज पोखरेल र रवीन्द्रबहादुर धानुकलाई सरुवा गरिएको हो।सोमबार बढुवा भएका पाँच एआईजीको पदस्थापनसँगै अन्यलाई पनि सरुवा गरिएको हो।आईजीपी बढुवाविरुद्द मुद्दा लडिरहेका पोखरेललाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ।
उपत्यका प्रमुखको जिम्मा धानुकले पाएका छन्। पोखरेल मानव स्रोत विभागमा कार्यरत थिए।केन्द्रीय अनुसन्धान ब्युरोमा उत्तम सुवेदीको पदस्थापन भएको छ।मानव स्रोत विभागमा पुजा सिंह, अरुण कुमार विसीको प्रशासन विभागमा, मुकुन्द आचार्य प्रहरी प्रशिक्षण प्रतिष्ठान र दिवेश लोहनीको अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ।