धनगढी, २२ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि भीमदत्त पन्त उत्कृष्ट कृषक पुरस्कारलाई निरन्तरता दिने भएको छ। प्रदेश प्रमुख देवराज जोशी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्दै सो जानकारी दिएक हुन्।
उनका अनुसार उक्त पुरस्कारमार्फत उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने छ। चालू आर्थिक वर्षमा पनि उक्त कार्यक्रम कार्यान्वयनमा छ।