काठमाडौँ, १९ जेठ । नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ ९७ हजार ६ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९७ हजार १ सय रुपैयाँमा पुगेको छ।बिहीबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ।चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।