• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

टीकापुर अस्पतालमा जिन एक्सपर्ट मेसिन बिग्रिँदा बिरामीलाई समस्या

कैलाली, १५ जेठ । टीकापुर अस्पतालमा क्षयरोगका बिरामी निदान गर्ने ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिँदा बिरामीलाई समस्या परेको छ। अस्पतालमा हाल क्षयरोगको शङ्का लागेका बिरामीको खकार परीक्षणमात्रै हुने गरेको छ। चिकित्सकका अनुसार खकार परीक्षण गर्दा औषधि प्रतिरोधी क्षयरोग भएका बिरामी निदानमा समस्या हुने भएकाले जिन एक्सपर्ट गर्नुपर्ने हुन्छ।

मेसिन बिग्रिएपछि क्षयरोग शङ्का लागेको बिरामीलाई अस्पतालले धनगढी वा नेपालगञ्ज पठाउने गरेको टीकापुर अस्पतालका क्षय कुष्ठरोग सहायक रामप्रसाद ज्ञवालीले बताए। ‘‘मेसिन बिग्रिएको छ। मेसिन मर्मतका लागि मानिस बोलाएका छौँ, तर अझै भएको छैन’’, उनले भने, ‘‘यसका साथै यहाँ छाती रोग विशेषज्ञ नभएका कारण पनि क्षयरोगका केही बिरामीलाई उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता छ।’’

क्षय कुष्ठरोग सहायक ज्ञवाली मेसिन बिग्रिएका कारण उपचारमा आउने ५० प्रतिशत बिरामीले रोग निदानका लागि टीकापुर बाहिर जानुपरेको बताए। औषधि प्रतिरोधी क्षयरोग भएका बिरामीको यहाँ उपचार त हुन्छ तर निदानमै समस्या छ। टीकापुरमा गत वर्ष ११९ जना क्षयरोगका बिरामी उपचारमा आएका थिए। चालु आर्थिक वर्षको फागुन महिनासम्म ११४ जना उपचार गरिरहेका छन्।

टीकापुर नगरपालिकाका क्षयरोग अधिकृत सुस्मिता रावल यसवर्ष क्षयरोगका बिरामीको सङ्ख्या बढ्ने सक्ने बताए। ‘‘हामीले खोजपड्ताल कार्यक्रमसमेत गरिरहेका छौँ, यसका साथै नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन विभिन्न गतिविधि भइरहेका छन्’’, उनले भने, ‘‘समुदायमा क्षयरोगी छन्, जति उपचारमा आउनुपर्ने थियो त्यति मानिस आएको देखिँदैन। अब हामी सबै मिलेर क्षयरोगी निदानका लागि काम गरेमा सङ्ख्या बढ्छ।’’

क्षयरोग अधिकृत रावलले कैलालीमा क्षयरोग निदानका लागि ५१ डट्स केन्द्र, ३४ माइक्रोस्कोपी केन्द्र, तीन जिन एक्सपर्ट केन्द्र, दुई डीआर केन्द्र, एक डीआर सब सेन्टर र एक डीआर होम रहेको जानकारी दिए। ‘‘टीकापुरमा हाल तीन स्थानमा क्षयरोगीको निदानका लागि परीक्षणको व्यवस्था भएको बताउँदै थप तीन स्वास्थ्य संस्थामा परीक्षणका लागि ल्याब स्थापना गरिनेछ’’, उनले भने, ‘‘क्षयरोग सरुवा रोग भएकाले लक्षण देखिएकाहरुलाई समयमै उपचारमा लैजानुपर्छ। यो जिम्मेवारी परिवार, छिमेकी सबैको हो।’’

टीकापुर नगरपालिकाले क्षयरोगी पत्ता लगाउन हरेक वडामा वडास्तरीय सूक्ष्म योजना बनाउन थालेको छ। वडामा रहेका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेविका, शिक्षक, बडघर तथा विभिन्न सङ्घसंस्थालाई जिम्मेवार बनाउन योजना बनाएरै काम थालेका सिनियर अनमी हेमा ज्ञवाली बताउँछिन्। ‘‘समुदायमा अझै क्षयरोगका बिरामी रहेकाले तिनको निदानका लागि स्वास्थ्यकर्मी मात्रले सम्भव नहुने भएकाले सबैलाई सक्रिय बनाउन योजनासहित काम गर्ने तयारी भएको हो’’, क्षय कुष्ठरोग सहायक ज्ञवालीले भने, ‘‘अब समुदायमा लक्षण देखिएका बिरामीलाई अस्पताल प्रेषण गर्ने काम समुदायका नागरिकले गर्ने हो।’’

कैलाली जिल्ला क्षयरोगको जोखिममा रहेको जिल्ला हो। सरकारले यसवर्ष देशभरका २२ जिल्लालाई क्षयरोग मुक्त पालिका बनाउन अभियान सुरु गरेको छ। कैलालीको टीकापुर क्षयरोगको जोखिममा रहेकाले सुदूरपश्चिमका तीन पालिका त्यसमा टीकापुर पनि छनोटमा परेर अभियान सुरु गरेको छ। क्षयरोगको उपचारमा आउनेहरुले नियमित औषधि सेवन नगर्दा पनि क्षयरोग निवारणमा समस्या हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

‘‘घरमुलीलाई क्षयरोग भएमा उसको परिवार नै समस्यामा पर्छ। नियमित औषधि सेवन गर्दा उसको रोजीरोटी चल्दैन’’, भने, ‘‘त्यसैले कतिपयले २÷३ महिना नियमित औषधि सेवन गर्ने अलि आराम भएपछि रोजगारीका लागि बाहिर जाने गर्नाले रोग निवारणमा समस्या हुन्छ। यो औषधि नियमित सेवन गर्नुपर्छ।’’

 

आइतबार, जेठ १५, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.