• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सूचनाको हकका लागि राष्ट्रिय महासंघमा जोशी

धनगढी,  १४ जेठ । सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलाली शाखामा पत्रकार पुष्पराज जोशी चयन भएका छन् । यसअघि राष्ट्रिय सञ्जालका रुपमा क्रियाशील रहेर काम गर्दै आएको सञ्जाल वैधानिक रुपमा महासंघमा परिणत भएको हो । सञ्जालबाट महासंघमा परिणत भएपछिको प्रथम अधिवेशनबाट पत्रकार जोशी सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनले उपाध्यक्षमा रसुता जैरु, सचिवमा विजय राना, सहसचिवमा कामदेव ओझा, कोषाध्यक्षमा देवबहादुर बिक र सदस्यहरुमा जमुना न्यूरे (घोडाघोडी), चन्द्रकान्त पनेरु (धनगढी), राजन जैगडी (गोदावरी), नवराज जोशी (फूलबारी), झलनाथ खनाल (टीकापुर), चन्द्रकला बिक (बर्दगोरिया), चन्द्र खनाल (लम्की चुहा) धनबहादुर चौधरी (धनगढी), पुष्कर पौडेल (धनगढी), सुदर्शन श्रेष्ठ(धनगढी), समीरप्रसाद भट्ट (धनगढी), सुनिता विक (धनगढी) लाई चनय गरेको छ । यस्तै कैलालीको अन्य पालिकाबाट महासंघको पहिलो बैठकले मनोनित गर्नेगरि सदस्य थप्नेछ । यस्तै अधिवेशनले चार÷चार सदस्यीय प्रदेश र केन्द्रीय प्रतिनिधि पनि मनोनित गरेको छ । प्रदेश प्रतिनिधिमा प्रेम ढुंगाना, निराजन परियार, सरस्वती साफरी र ठाकुरप्रसाद करियाप्रधान तथा केन्द्रीय प्रतिनिधिमा श्रवण देउवा, रमा भट्टराई, तमन्ना नेपाली र कृतबहादुर बिष्टलाई मनोनित गरिएको हो ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सूचनाको हकका लागि राष्ट्रिय महासंघका राष्ट्रिय अध्यक्ष उमीद बागचनले वडादेखि पालिका हुँदै जिल्ला र जिल्लाबाट प्रदेश हुँदै राष्ट्रियरुपमा समिति गठन भइरहेको बताए । उनले भने,‘अब कैलालीको वडाहुँदै पालिकासम्म महासंघको गठन गरिनेछ ।’ सूचनाको हकको अभियानलाई सार्थक तुल्याउन वडादेखि केन्द्रसम्मको नेटवर्क जोडिने उनले बताए । ‘यसअघि पनि सञ्जालका रुपमा रहँदा हामी वडादेखि केन्द्रसम्मको नेटवर्कमा थियौं,’ उनले भने,‘अब भने वैधानिकरुपमा दर्ता भई महासंघका रुपमा आएका छौं, अब अझ बलियो रुपमा सूचनाको हकलाई उठान गर्नेछौं ।’

उद्घाटन सत्रका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा। रणबहादुर रावलले प्रदेश सरकार पनि सूचनाको हकका लागि सहज हुने बताए । उनले भने,‘सरकारले गर्ने काम तपाईहरु जस्तो महासंघले गरिराख्नु भएको छ, त्यसलाई हामीले पनि सहयोग र समर्थन गर्नेछौं ।’ आफ्नो मन्त्रालयले पनि सर्वसाधारणमा सूचनाको हकको सहज पहुँचका लागि सधैं सहयोग गर्ने उनले बताए ।

शनिबार, जेठ १४, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.