काठमाडौँ, १३ जेठ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउमा वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार पुगेको छ। तेजावी सुनको भाउ पनि ९७ हजार ५ सय रुपैयाँ पुगेको छ।शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ।