धनगढी, ११ जेठ/धनगढीको फुलबारीमा स्थित प्रहरीको बहुलिया सिमा चौकीको भवन माग गरेका छन् । अन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबादुर रावलको भ्रमणका क्रममा धनगढीको वडा नम्बर १९का वडा अध्यक्ष सहितको टोलीले सो माग गरेको हो । सिमा सुरक्षाका लागि स्थापना भएको अहिले सम्म भाडाकै घरमा बस्दै आएका छन् ।
नेपाल प्रहरीको २०३५ सालमा स्थापना भएको सिमा प्रहरी चौकी जमिन भएपनि भवन नभएका कारण भाडाको घरमा बस्दै आएको वडा अध्यक्ष बाधुराम चौधरीले जानकारी दिए । अहिले जमिन नहुदा सिमा प्रहरी चौकी २६ नम्बर टाउन फुलबारीमा भाडमा बस्दै आएको छ ।
६ बिगाह ४ कट्टा जमिन आफ्नै सिमा प्रहरी चौकीको जमिन भएपनि हाल फुलबारी क्षेत्रको नेपाल प्रहरीको सिमा सुरक्षा चौकीको आफ्नो भवन नभएको सिमा प्रहरी चौकी बहुलियाका ईन्चार्ज जयसिह भण्डारीले जानकारी दिए । २३ प्रहरीको दरबन्दी रहेको सिमा प्रहरी चौकमा हाल ११ जना कार्यरत छन् ।
‘भाडा रहेको भवनमा पनि कोठा सिमित मात्रै भएकोले सेवा सम्दापन गर्न समस्या भएको छ’ वडा नम्बर १९का वडा सदस्य हरेन्द्र ऐडीले भने–‘प्रहरी हतियार देखी कार्यालय व्यबस्थापनमा समस्य देखिएको छ ।’
माग पत्र बुझ्दै अन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबादुर रावलले सिमा प्रहरी चौकीको भवनाका लागि निकै समस्य देखिएकोले चाडै सम्बोधन गर्ने बताए । शान्ति सुरक्षामा प्रदेश सरकार कुनै कमी रहन नदिने बताउदै मन्त्री रावलले चौकी व्यबस्थापनमा प्रमुख चासो रहेको बताए ।