धनगढी, १६ चैत/धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले जनताका हरेक समस्यामा आफु सधै साथमा रहेने बताएका छन् । आफु फेरी पनि काँग्रेसका तर्फबाट मेयरमा उठ्ने ईच्छा भएकोले फेरी पनि सबैले मत दिएर जिताउन समेत आग्रह गरेका छन् ।
बुधबार धनगढी ६ जालीमा किटनाशक झुल बितरण कार्यक्रमको शुभरम्भ गर्दै नगर प्रमुख वडले सो कुरा बताएका हुन् ।‘धेरै ठाउमा त बिकास योजना ल्याएको छु केही अधुरो योजना र जनताको सेवा गर्ने ईच्छा छ’ नगरप्रमुख वडले भने–‘आफुलाई मेयर बनाए जनतालाई दुखी पार्ने छैन ।’
मानविय सेवामा अनेकौ प्रयास (साईन नेपाल)ले बुधबारबाट दलित परिवारलाई कटिनाशक झुल बितरण गरेको छ ।धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडको प्रमुख आतिथ्यमा धनगढी–६ जालीका शिबनगर टोलका दलित बस्तिबाट कटिनाशक झुल बितरण अभियानको शुभारम्भ गरिएको छ ।
साईन नेपालले केयर एण्ड रिलिफ परियोजना अन्तर्गत धनगढी उपमहानगरपालिकामा रहेका विपन्न तथा मुक्त कमैयाहरु एक हजार परिवारको लागि प्रति परिवार ३ थानका दरले सुपानेट झुल वितरण गरिने साईन नेपालका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।
गर्मी मौसमको सुरुवात संगै लामखुट्टेको टोकाईबाट बिभिन्न संक्रमण बढ्ने भएकोले उपमहानगरको सहकार्यमा साईन नेपालले धनगढीका दलित, बिपन्न, मुक्तकमैयाका परिवारलाई किटनाशक झुल बितरण अभियान सुरु गरेको अध्यक्ष जोशीले जानकारी दिए ।