धनगढी, १५ चैत/धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले हरेका काममा धनगढी उपमहानगरपालिका नम्बर वान भएको बताएका छन् । मेयर वडले सुदूरपश्चिम क्षेत्रमै स्थानिय तहले प्रविधिक बिद्यालय संचालन गर्ने एक मात्रै भएको समेत प्रष्ट परे ।मंगलबार धनगढी– ६ जालीमा रहेको धनगढी बहु प्राविधिक शिक्षालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उपमहानगरपालिका नम्बर वान पालिका भएको दाबी गरेका छन् ।
‘हामी कोभिड–१९ माहामारी हो या हावाहुरीमाको प्रकोपमा जहिले जनताका लागि काम गरेउ’ मेयर वडले भने–‘बिकास, सुशासन र शिक्षामा पनि धेरै काम गरेका छौ ।’ नयाँ काम गरेर उत्कृष्ट हुने प्रक्रियामा धनगढी उपमहानगरपालिका पछाडि नपरेको उनको भनाई छ । ‘कोभिड हुँदा हुँदै पनि शिक्षाका क्षेत्रमा ३६ वटा भवन निर्माण भए’ उनले भने–‘कति सडक बनेका छन् कति प्रकृयामा छन् ।’
यस क्षेत्रका बालबालिकाहरुले न्यून शुल्कमा गुणस्तरीय प्राविधीक शिक्षा पढ्न पाउन भनेर धनगढी उप–महानगरपालिकाले आफै बहुप्राविधिक शिक्षालय संचालनमा ल्याएको मेयर वडले बताए । भक्तपुरको ख्वाप ईन्जिनियरिङ्ग कलेज पछि उपत्यका बाहिर आफै प्राविधीक शिक्षालय संचालन गर्ने धनगढी उप–महानगरपालिका पहिलो हो मेयर वडले भने,‘ यहाँ न्यून शुल्कमा अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहको पठनपाठन हुने गरेको हो ।
सिटिईभिटीको अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहको पठनपाठन गराउने कर्णाली र सुदूरपश्चिम प्रदेशमा धनगढी धनगढी बहुप्राविधिक शिक्षालय मात्रै भएको बताईएको छ । कतिपयले बाटोघाटोलाई मात्रै विकास भनेर अर्थाउने गरेका छन् मेयर वडले भने, ‘हामीले पूर्वाधारका साथै सामाजिक, वातावरणीय, पर्यटकिय, शिक्षा स्वास्थ्य सबै क्षेत्रमा काम गरेका छौं । कोभिडको महामारीका बिचमा पनि धनगढी उप–महानगरपालिकाले थुप्रै उपलब्धीमूलक काम गरेको नगरप्रमुख वडले बताए ।
मंगलबार धनगढी उप–महानगरपालिकाले प्राविधीक शिक्षा तथा ब्यावसायीक तालिम परिषद ( सिटिईभिटी) संगको साझादारीमा संचालनमा ल्याएको धनगढी बहु प्राविधिक शिक्षालयको भवन उद्घाटन गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले मंगलबार भवनको सिलन्यास गरेका हुन । भवन निर्माणको ठेक्का जी.के. कन्स्ट्रक्सन धनगढीले लिएको थियो ।
धनगढी उप–महानगरपालिकाका वडा नं ५ का अध्यक्ष हिरासिंह पातलीले धनगढी बहुप्राविधिक शिक्षालयले न्यून शुल्कमा प्राविधीक शिक्षाको पठनपाठन भैरहेको बताए । धनगढी बहुप्राविधिक शिक्षालयले अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातका अतिरिक्त छोटो समयका निशुल्क सिपमूलक तालिम संचालन गर्दै आईरहेको छ वडा अध्यक्ष पातलीले भने , ‘ हाम्रो उदेश्य दक्ष जनशक्ति उत्पादन गर्नु हो ।’
धनगढी बहुप्राविधिक शिक्षालय संचालन समितिका सदस्य पदम सिंह कुँवरले धनगढी बहुप्राविधिक शिक्षालय उप–महानगरपालिकाको ड्रिम प्रोजेक्ट भएको बताए । उनले भने, एकै पटक सबै कुरा पुरा नहोला तर यो उपलब्धीमूलक कामको सुरुवात भएको छ ।धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटमा अटोमोवाईल ईन्जिनियरिङ्ग तीन बर्षे डिप्लोमातहको १ लाख ८२ हजार र होटल म्यानेजमेन्ट तीन बर्षे डिप्लोमातहको १ लाख ५३ हजारमा पढाई पुरा हुने गर्दछ । यही बिषय अन्यत्र बढ्दा ठूलो खर्च हुने गर्दछ ।