धनगढी १५ चैत/सुदूरपश्चिम प्रदेश सभामा सरकारले बिजनेश नदिदा बैठक सार्नुपरेको छ । सोमबार संसदमा बिजनेश नहुदा सभामुख अर्जुन बहादुर थापाले चैत १७ बिहिबार गते बुधबार अर्को बैठक डाकेका छन् । सभामुख थापाले प्रदेश सभाको बैठककै ईतिहाकै पहिलो पठक बिजनेश नहुदा बैठक संचालनमा समस्या भएकोले सरकार र बिधायन समितिलाई बिजनेश ल्याउन सरकारलाई ध्यानाकर्षण गरेका हुन् ।
एक सय ७७ दिन पछि चलेको हिँउदे अधिबेशन दोस्रो बैठकमै बिजनेश पाएको छैन । ंअघिल्लो प्रदेश सभाको अधिबेशदन सकिएको छ महिना भित्र अर्को अधिबेशन गरिसक्नु पर्ने संबैधानीक व्यबस्था छ । अर्को प्रदेश अधिबेशनको चैत १४ गते ६ महिना समय सिमा पुग्न लागेकोले सभामुख थापाले अन्तिममा आएर बैठक तोकेका थिए ।‘प्रदेश सदस्यलाई काममा खटाउनु पर्ने हो तर, हामी सबै फुर्सदमा छौ’ प्रमुख प्रतिपक्ष दल काँग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले भने–‘सरकारले संसदलाई बिजनेश दिन नसक्नु बिडम्बना हो ।’
हिँउदे अधिबेशन चैत १३ र १४ गते बसेर बिजनेश नपाउदा संसदको बैठक दुई दिनका लागि सार्नुपरेको सभामुख थापाले बताएका छन् । ‘सरकार र समिति संसदमा बिजनेश नै ल्याउदैन कसरी बैठक सुचारु गर्ने’ सभामुख थापाले भने–‘सरकार र समितिलाई बैठकमा बिजनेश ल्याउन संसदमा ध्याकर्षण गराएको छु ।’ सुदूरपश्चिम प्रदेश सभाको अर्को बैठक चैत १७ गतेका लागि पुन बोलाईएको छ । ‘ल्याएका बिधेयकमा दफावार छलफलका लागि समितिमा पठाएको छु’ सभामुख थापाले भने–‘७२ घण्टा समितिमा छलफलमा पठाउनुपर्ने हुन्छ त्यो बिचमा के बिषयमा छलफल चलाउने ।’ संसदलाई सुचारु गर्न सरकार र समितिले बिजनेश दिनुप¥यो ? सभामुखको प्रश्न छ ।
सुदूरपश्चिम प्रदेश सरकार भने हामीले पठाएको बिजनेशहरु बिधायन समितिमा पठाएको बताउदै आएको छ । ‘सरकारले पठाएका बिजनेश समितिमा अड्कीएका छन् सभामुख किन समितिलाई भन्नुहुन्न’ आन्तरिक मामिला मन्त्री तथा प्रदेश सरकारकी प्रबक्ता पुर्णा जोशीले भनिन्–‘महत्वपुर्ण बिधेयकहरु समितिमा थन्क्याएर राखिएका छन् ।’ सभामुखले पनि समन्वय गर्नुपर्ने हो मन्त्री जोशीले भनिन् ।
काँग्रेसका प्रदेश सदस्य भरतबहादुर खड्काले यसरी संसदमा बिजनेश नपाएर बैठक सारिनु ईतिहासमै कलंक लागेको आरोप लगाएका छन् । सरकारले कुनै काम नै गरेको छैन के बिजनेश आउथ्यो खड्काको आरोप छ । अहिले प्रदेश संरचनाप्रति नै जनता प्रश्न गर्न लागेको खड्कको प्रतिकृया छ । ‘सरकार पुर्ण रुपमा गैरजिम्मेबार भएको छ’ खड्काले भने–‘सरकार आफ्ना काममा पनि सुस्त भएको छ ।’