धनगढी, १३ चैत/गाउछेउकै जंगलमा बाख्रा चराउन गएकी १२ बर्षिय वालिका वलात्कृत भएकी छिन् । कैलालीमा शनिबार साँझ एक १२ वर्षिय बालिका वलात्कृत भएकी हुन् । कैलालीकी बालिकालाई अन्दाजी ५२ वर्षिय पुरुषले शनिबार साँझ बलात्कार गरेको आरोप आफन्तले लगाएका हुन ।
बाख्रा चराएर घर फर्कने क्रममा ती बालिकालाई पुरुषले बलात्कार गरेको आफन्तहरुले बताएका हुन । बालिकालाई बलात्कार गरेको आरोपमा ती पुरुषलाई अहिले प्रहरीले आइतबार नियन्त्रणमा लगि अनुसन्धान अघि बढाएको जनाइएको छ ।
कैलाली प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बलात्कार गरेको आरोपमा पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको बताए ।शनिबार साँझको घटना भएपनि बालिकाको स्वास्थ्य चेकजाँच ढिला गरि गरिएको थियो । राती २ बजे सेती प्रादेशिक अस्पताल गएका थियौ । तर, डाक्टर छैनन भनी हामीलाई फिर्ता पठाईयो’ बालिकाकी आमाले भनिन –‘प्रहरीमा जाहेरी दिएपछि स्वास्थ्य जाँच गराउन भनी अस्पताल पठाइएको थियो ।’
अस्पतालमा स्वास्थ्य जाँच नभएपछि पीडितहरुले माइती नेपालसंग सहयोग मागेका थिए । आईतबार दिउँसो माइती नेपाल पुगेका पीडित पक्षले बालिकाको सुरक्षा र उचित न्यायका लागि सहयोग गर्न आग्रह गरेका थिए । आइतबार बालिकाको स्वास्थ्य जाँच गरिएको सेती प्रादेशिक अस्पतालकी संकट व्यवस्थापन केन्द्रकी प्रमुख यशोदा ढकालले बताइन ।