काठमाडौं, १२ फाल्गुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएसँगै देउवा र ओलीबीच संसद भवनभित्रै बैठक बसेको हो ।
बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित सरकारका प्रवक्ता समेत रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा सहभागि रहेका छन् । भने एमालेका तर्फबाट ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरु सहभागि रहेका छन् ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा प्रधानमन्त्री देउवा र विपक्षी दलका नेता ओलीबीच छलफल भएको छ । ओलीले सरकारले आफूहरुले राखेका मागहरु पूरा गरेमा एमसीसीका विषयमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आइरहेका छन् ।