काठमाडौं ९ फागुन/नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सोमबार बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आगामी तीन दिन केहि स्थानमा मेघ गर्जनरचट्याङ्गसहित वर्षाको सम्भावना रहेको उल्लेख छ।
सोमबार दिउँसो देशको पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार देशको पहाडी भू भागको केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती देशको पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भू भागको केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मंगलबार दिउँसो देशको पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। राती सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू भागका केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुधबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।