काठमाडौँ, ८ फाल्गुन । सरकारले अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्दा प्रमुख प्रतिपक्षी एमालेले संसदमा गरेको अवरोधलाई निरन्तरता दिने भएको छ।एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले भदौ २३ देखि संसदमा जारी अवरोधलाई आइतवार पनि जारी राख्ने बताएकी छन्।
सभामुख अग्नि सापकोटाको निर्णयविरुद्ध हाम्रो आन्दोलन जारी छ। आजको बैठकमा पनि हामी विरोधलाई निरन्तरता दिन्छौँ, उनले नेपालखबरसँग भनिन्, हाम्रो मागबारे कुनै सुनुवाइ नभएकाले एमसीसी टेबल हुँदा पनि अवरोध जारी राख्छौँ।